देउखुरीमा आजदेखि जग्गा खरिद-बिक्री फुक्का

देउखुरी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा आजदेखि जग्गा खरिद बिक्री गर्न पाइने भएको छ। मालपोत कार्यालय लमहीका प्रमुख मानबहादुर कुँवरले बुधबार सार्वजनिक सूचनामार्फत् लामो समयदेखि रोक्का गरिँदै आएको जग्गा खरिद बिक्रीका लागि फुकुवा गरिएको उल्लेख गरेका छन्। प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी घोषणा सँगै २०७७ सालमा यहाँका जग्गा खरिद…