धरानमा विमानस्थल बनाउन उचित नहुने उड्डयन प्राधिकरणको निष्कर्ष

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण गर्न उचित नहुने निष्कर्ष निकालेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ हवाईमैदानबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत भएकाले धरानमा विमानस्थल निर्माण अनुपयुक्त हुने बताएको हो । आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस…