पिकेद्वारा फुटबलबाट सन्यास घोषणा

स्पेनिस खेलाडी जेरार्ड पिकेले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बार्सिलोनाका ३५ वर्षीय डिफेन्डरले सामाजिक संजालमा एक भिडियो सन्देश पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन् । लामो समय देखि बार्सिलोना तथा स्पेनिस राष्ट्रिय टोलीबाट खेलेका पिकेले बार्सिलोनाको शनिबार हुने खेल आफ्नो खेल जीवनको अन्तिम खेल हुने बताए । बार्सिलोनाले शनिबार राति ला लिगामा अल्मेरियासँग खेल्दैछ…