अहिल्यै सन्यास लिन्नँ, विश्व च्याम्पियनका रूपमा अझै खेल्न चाहन्छु : मेस्सी

अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनेल मेस्सीले खेलकुदको सबैभन्दा ठूलो पुरस्कार जित्ने आफ्नो जीवनकालको महत्वाकांक्षालाई महसुस गरेपनि आफ्नो देशका लागि खेलिरहन जारी राख्ने बाचा गरेका छन् । आइतबार कतारमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि अर्जेन्टिनाको टेलिभिजनमा ३५ वर्षीय खेलाडीले भने, ‘म विश्व च्याम्पियनका रूपमा अझै केही खेलहरू अनुभव गरिरहन चाहन्छु ।’ ‘मेरो करियरमा…