दोस्रो स्थानमा उक्लिने मौका गुमायो युनाइटेडले

खेलको अन्तिम समयमा क्रिस्टिल प्यालेसका माइकल ओलिसेले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेपछि म्यानचेस्टर युनाइटेड बराबरी खेल्न बाध्य भएको छ । बुधबार राति १–१ को बराबरीमा रोकिएसँगै युनाइटेडले प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिने अवसर पनि गुमाएको हो । खेलको ४३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि युनाइटेड लगातार १० औँ जिततर्फ अग्रसर रहेको थियो । तर, नाटकीय…