एम्बाप्पेको पाँच गोलमा पीएसजीको जित

केलियन एम्बाप्पे एक्लैले पाँच गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति छैटौं श्रेणीको पाएस डी कासेललाई ७–० गोल अन्तरले हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो । पीएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गरे । त्यस्तै नेयमार र कार्लाेस सोलेरले एक–एक गोल गरे…