विश्वकप क्रिकेटमा आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिका भिड्दैछन् । हिमाञ्चल प्रदेशको धर्मशालामा दिउँसो सवा २ बजे यो खेल सुरु हुनेछ । जारी विश्वकपमा नेदरल्याण्ड्स पहिलो जितको खोजीमा छ भने दक्षिण अफ्रिका दोस्रो जितको खोजीमा छ । यसअघि हिजोको खेलमा श्रीलंकालाई ५ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलो जित हात पारेको थियो…