असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत

यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः ५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसदिन बिहान १०ः ३४ बजे देवी विसर्जन गरी ११ः ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका…