घर–आँगनमै सामाजिक सुरक्षा भत्ता

फक्ताङलुङ गाउँपालिकाले घर आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरुआत गरेको छ । ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाका लागि घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको थालनी गरेको हो । भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र आउन र घर फर्किन चार दिनसम्म लाग्ने भएकाले ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाले…