राष्ट्रपति भण्डारीले नेपालमै श्रमबजार खोलेर प्रतिभा विदेश पलायलन रोक्न आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमै श्रमबजार खोलेर प्रतिभा विदेश पलायलन रोक्न आग्रह गरेकी छिन् । शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्वदेशमै रोजगारीको व्यवस्था गर्न आग्रह गरेकी छिन् । उनले सरकारले पर्यटकीय क्षेत्रको विकास, पूर्वाधार निर्माण, सेवाको उपलब्धताका लागि सहजीकरण, सेवा र गुणस्तरको अनुगमन, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बजारीकरण र सहज पहुँचको व्यवस्थापन…