तीन वर्षपछि घोडेपानीमा चिनिया पर्यटकको घुइँचो

म्याग्दी । पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यस्थल राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा तीन वर्षपछि पहिलोपटक चिनिया पर्यटकको घुइँचो लागेको छ । यतिवेला घोडेपानी र पुनहिल चिनिया पर्यटकले खचाखच भरिएको छ । २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटकको आगमन तीन वर्षपछि सुरु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुंगा…