पूर्वप्रमुख पौडेल आफ्नै घरमा मृत फेला

जीतपुरसिमराका पूर्वप्रमुख कृष्ण पौडेल आफ्नै घरमा मृत फेला परेका छन्। नेकपा (एमाले)का मधेस प्रदेश कमिटीका सचिवसमेत रहेका पौडेल बिहीबार साँझ ७ बजे घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले बताए। डिएसपी न्यौपानेका अनुसार कृष्ण पौडेल घरभित्रै मृत छन् भनेर दिउँसै इलाका प्रहरी कार्यालय सिमराको टोलीले खबर गरेको थियो। त्यसपछि जिल्ला…