प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय एकता प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी रहेको बताए

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी रहेको बताएका छन्। इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्ले विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गरी राष्ट्रिय एकता प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी रहेको बताएका हुन्। उनले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र…