प्रचण्डले भने- सिट बाँडफाँट जटिल छैन, केही दिनमा टुंगिन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलले कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्ने केही दिनभित्र टुंगिने बताएका छन्। स्थानीय तहमा जस्तो सिट बाँडफाँटमा विवाद नहुने प्रचण्ड बताउँछन्। गोरखा संग्रहालयभित्र आज पार्टीले गरेको कार्यक्रममा बोल्दै उनले सत्ता गठबन्धनका पाँच दल मिलेर नै चुनावम जाने बताए। ‘सत्ता गठबन्धनभित्र रहेका दलबीच…