राप्रपा ले पटक-पटक अवसर पाएकाहरूलाई यसपालि समानुपातिकतर्फ उम्मेदवार नबनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पटक-पटक अवसर पाएकाहरूलाई यसपालि समानुपातिकतर्फ उम्मेदवार नबनाउने भएको छ। गत बुधबार बसेको संसदीय समितिको बैठकले ‘नयाँ अनुहार’लाई प्राथमिकता दिनेबारेमा छलफल गरेको थियो। ‘पटक-पटक अवसर पाएकाहरूलाई पार्टीबाट समानुपातिकतर्फ उम्मेदवार नबनाउने विषयमा छलफल भएको छ। पार्टीमा मत बढाउन सक्ने समाजका लोकप्रिय व्यक्तिहरूलाई समानुपातिकतर्फ प्राथमिकता दिइन्छ,’ राप्रपाका एक पदाधिकारीले भने। यही मापदण्डमा आधारित भएर राप्रपाले…