उपमेयर डंगोल : निर्वाचन आचार संहिताको पालनामा संवेदनशील छु

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रूपमा सम्पन्न गर्ने कुरामा आफ्नो तर्फबाट आयोगलाई पूर्ण सहयोग रहने बताएकी छन्। आज निर्वाचन आयोगलाई एक पत्र लेखेर उनले जानकारी गराएकी हुन्। ‘त्यहाँ आयोगबाट भैरहेको काम कारबाहीबारे म जानकार छु र काठमाडौं महानगरपालिकाको उपप्रमुखको हैसियतले…