रुपन्देही–३ : खाँण र बोहोराबीच प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो निर्वाचन क्षेत्रमा नेकपा एमालेले राप्रपा उम्मेदवारलाई सघाएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् । यहाँ एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका नेता दीपक बोहोरा उम्मेदवार छन् ।…