गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कति सहज?

मोरङका ६ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ लाई यस पटक यहाँका मतदाताले रोचक ढङ्गले नियालिरहेका छन्। नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको सो क्षेत्रमा यसपटक उनकी छोरी सुजाता कोइराला सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार छिन्। यो क्षेत्रमा स्वतन्त्र ३ जनासहित १३ जना चुनावी मैदानमा छन्। तीमध्ये कोइराला र नेकपा एमालेका ऋषिकेश पोखरेललाई मुख्य प्रतिस्पर्धी ठानिएको छ।…