प्रधानमन्त्री : सरकारलाई विश्वासको मत दिएका सबै पार्टीका नेताहरूको बैठक भोलि बस्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई विश्वासको मत दिएका सबै पार्टीका नेताहरूको बैठक मंगलबार बस्ने बताएका छन्। सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा कुराकानी गरेपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारलाई विश्वासको मत दिने सबै पार्टीका नेताहरू मंगलबार बैठकमा बस्न लागेको बताए। ‘विश्वासको मत दिने सबै पार्टीका नेताहरूको बैठक भोलि बस्दैछ,’ उनले भने।…