मन्त्रीहरूलाई आक्षेप, तडकभडक र विवादबाट जोगिनुस् प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरूलाई आक्षेप, तडकभडक र विवादबाट जोगिन भनेका छन्। मन्त्रिपरिषद बिस्तारपछि पहिलो पटक सोमबार बसेको मन्त्रिपरिषद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूलाई मन्त्रालयका फजुल खर्च कटौती गर्नसमेत निर्देशन दिए। ‘यो गठबन्धन सरकार हो। हामीले प्रतिनिधित्व गर्ने दलहरूबीच वैचारिक भिन्नता छन्, यो सत्य हो। तर ती विमति र मतभेदका प्रभाव सरकार सञ्चालनमा कतै…