चितवन–२ बाट दोस्रो पटक रवि लामिछाने निर्वाचित

काठमाडौँ । चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तर सहित निर्वाचित भएका छन् । चितवनबाट दोस्रो पटक निर्वाचित भएका लामिछानेले ५४,१७५ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११,११४ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । लामिछानेले…