प्रतिनिधिसभा बैठक: कार्यसूचीमै परेन संवैधानिक परिषद्सम्बन्धी विधेयक

काठमाडौँ । संवैधानिक परिषद्‌ सम्बन्धी विधेयकमाथी आज पनि छलफल नहुने भएको छ । प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा आज पनि सो विधेयक समावेश नभएपछि छलफल नहुने भएको हो । यसअघिको बैठकमा सो विधेयकमाथि छलफल गर्ने भनेर सम्भावित कार्यसूचीमा समावेश गरिएपनि अन्तिम समयमा हटाइएको थियो । अघिल्लो बैठकमा कार्यसूचीबाट हटाइएको सो विधेयक आज आउने अपेक्षा गरिएको थियो ।…