सरकारमा रहने/नरहने बारे रास्वपाले शुक्रबार निर्णय गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने कि नजाने भन्ने विषयमा शुक्रबारको बैठकले निर्णय गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकपछि बोल्दै पार्टी प्रवक्ता डा. मुकुल ढकालले सरकारमा जाने कि प्रतिपक्षमा बस्ने भन्नेबारे शुक्रबारको बैठकले निर्णय गर्ने बताए । ‘अहिलेको अवस्थामा हाम्रो पार्टी सरकारमा छैन तर संसदमा सत्तापक्षको बेन्चमा छ । अब पार्टीले…