बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारिकरण गर्यो : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताएका छन् । सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले बजारमा पुगेको शिक्षाले समानता र अधिकार नहेर्ने बरू नाफा घाटा मात्रै हेर्ने उल्लेख गरेका छन् । उनले २१ औं शताब्दी वैज्ञानिक व्यवस्थापनको शताब्दी रहेको भन्दै…