टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

काठमाडौं । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परेको छ । नक्कली शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत काठमाडौंले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाएसँगै प्रतिनिधिसभा सदस्य पदबाट निलम्बित भएका हुन् । प्रतिनिधिसभा नियमावलीको नयाँ नियम १४८ को उपनियम ३ मा फौजदारी अभियोगमा समातिएका सांसद थुनामा गएमा सांसद पद स्वतः निलम्बन हुने व्यवस्था…