कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

काठमार्डौ । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । कांग्रेसका कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद आज बिहान परिचयपत्रसहित प्रदेश प्रमुखको कार्यालयमा भेला भएर सनाखत गरेपछि खापुङले संविधानको धारा १ सय ६८ को उपधारा…