महाअभियोग सिफारिस समितिले जबरालाई बयानका लागि बोलायो

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग सिफारिस समितिको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको छ । समितिको बुधबार बसेको तेस्रो बैठकले जबरालाई भदौ १५ गते ११ बजे बयानका लागि बोलाउने निर्णय गरेको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिए । विष्टले जबराअघि अन्य सदस्यहरुसँग पनि बयान लिने काम गरिने बताए । आजको बैठकले समितिको कार्यविधि…