राष्ट्रपति भण्डारीले बडादसैँको शुभकामना सन्देश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्वपूर्ण कडी भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले महान् चाड बडादसैँ, २०७९ को पावन अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बडादसैँको धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक आयामहरू रहेको बताइन् । बडादसैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि…