सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गराएको जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताए । उनका अनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेश गरिएको हो । सरकारी वकिलको कार्यालयका अनुसार लामिछानेविरुद्ध…