ओलीले प्रारम्भिक गणनामै फराकिलो अग्रता

झापा ५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामै फराकिलो अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको ६२१५ मतमध्ये ओलीले ३२१२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत प्राप्त गरेका छन् । अहिले गौरीगन्ज गाउँपालिकाबाट गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।