नेपालमा नसर्ने रोगको समस्या बढ्दै गएकोमा विज्ञहरुको चिन्ता

काठमाडौं । नेपालमा नसर्ने रोगको समस्या बढ्दै गएकोमा विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् । बिहीबार नेपाल एनसिडी अलाइन्स र स्वास्थ्य पत्रकार मञ्च नेपालको संयुक्त आयोजना भएको नसर्ने रोग सम्बन्धी मिडिया एड्भोकेसी कार्यक्रममा नसर्ने रोग नियन्त्रण गर्न जीवनशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा एनसिडी अलाइन्सका उपाध्यक्ष डा. अभिनभ वैद्यले अस्वस्थकर जीवनशैली र मोेटोपनाका कारण…