अखाद्य मह उत्पादन गरी बिक्री गर्ने पक्राउ, उद्योगमा छापा

काठमाडौँ । अखाद्य मह उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानीलकण्ठले सोमबार बुढानीलकण्ठस्थित गार्डेन एपिअरी उद्योग प्रालिमा छापा हानी सञ्चालक पवन सत्याललाई पक्राउ गरेको हो । उनले उद्योगमा अस्वस्थकर मह बनाउने गरेको प्रहरीको दाबी छ । चिनीमा केमिकल राखेर मह बनाउँदै आएको पुष्टि भएपछि पक्राउ गरिएको…