हिमपहिरोमा बेपत्ता तीनजनाको शव भेटियो

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका-१ बेलिनमा गएको हिमपहिरोमा परी बेपत्ता हुनेमध्ये तीनजनाको शव भेटिएको छ । हिजो दिउँसो गएको हिमपहिरोमा पुरिएका ५ मध्ये दुई महिला र एक युवकको शव फेला परेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । उनका अनुसार दुई महिलाको सनाखत भएको छैन भने युवक जुहु गाउँपालिका-४ का १८ वर्षीय प्रवीण कुँवर…