काठमाडौं महानगरका अव्यवस्थित तार हटाउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउन थालिएको छ । इन्टरनेट सेवाप्रदायक संस्था, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी र महानगर प्रहरी बलको टोलीले अव्यवस्थित तार हटाउन थालेको हो । आइतबार इन्टरनेट सेवाप्रदायक संस्था, दूरसञ्चार प्राधिकरण र महानगरबीच अव्यवस्थित तार हटाउने सहमति भएको थियो । सोही सहमति अनुसार सोमबार बिहानदेखि हटाउन…