लागुपदार्थ सेवन गरी मोटरसाइकल चलाउने पाँच जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । ललितपुरको बाँडेगाउँमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी मोटरसाइकल चलाउने पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेहरूमा बागमती प्रदेश ०२–०३३ प ३४ ०१ नम्बरका मोटरसाइकल चालक बाँके घर भई हाल ललितपुरको हात्तीवन बस्ने २२ वर्षीय अंकित महत, सुदुरपश्चिम प्रदेश ०१–०१० प १५ ०६ नम्बरका मोटरसाइकल चालक अर्घाखाँचीको मालारानी…