इजरायलमा मृत्यु भएका १० नेपालीमध्ये पाँच जनाको शव प्राप्त

काठमाडौँ । इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव नेपालले प्राप्त गरेको छ । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु भएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र अशिष चौधरीको शव आइतबार नेपालले प्राप्त गरेको हो । घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा…