चार दिने भ्रमण सम्पन्न गरी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालबाट प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण सम्पन्न गरी आज फर्किंनु भएको छ । आज बिहान साढे दस बजेको उडानबाट उहाँ प्रस्थान गर्नुभएको हो । महासचिव गुटेरेसलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थलबाट बिदाइ गर्नुभयो । त्यसअघि नेपाली सेनाले उहाँको सम्मानमा सलामी दिएको थियो । गत आइतबार बिहान नेपाल आउनु भएका…