जन्मदिनको उपहारस्वरूप दिइएको ग्रिनेड विस्फोट

जन्मदिनको उपहारस्वरूप दिइएको ग्रिनेड विस्फोट हुँदा युक्रेनी सैनिकका प्रमुख भ्यालेरी ज्यालुज्नीका सहयोगीको मृत्यु भएको छ। ज्यालुज्नीका सहयोगी मेजर गेनेडी चास्त्यकोभको सोमबार जन्मदिन थियो। जन्मदिनको कार्यक्रममा सहभागी हुन आएका एक साथीले दिएको ग्रिनेड विस्फोट हुँदा उनको मृत्यु भएको युक्रेनका आन्तरिक मन्त्रीलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको आन्तरिक मन्त्री ल्होर क्लिमेन्कोले टेलिग्राममार्फत जानकारी दिएका…