मोहन यादव मध्य प्रदेशको नयाँ मुख्यमन्त्रीमा चयन

भारतीय जनता पार्टीले सोमबार एउटा चकित पार्ने निर्णय गर्दै मोहन यादवलाई मध्य प्रदेशको नयाँ मुख्यमन्त्रीमा चयन गरेको छ । मध्यप्रदेशको राजधानी भोपालमा सोमबार बसेको विधायक दलको बैठकले उनको नाम अनुमोदन गरेको हो । बैठकमा हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरको नेतृत्वमा तीन केन्द्रीय पर्यवेक्षकहरू पनि उपस्थित थिए । यो बैठकअघि राष्ट्रियस्तरमा भावी मुख्यमन्त्रीका रुपमा मोहन यादवको…