अमेरिकाले इरानसँग युद्ध नगर्ने

संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले इरान समर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि सो प्रतिक्रिया दिएको हो । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्मा रणनीतिक सञ्चारका लागि संयोजक जोन किर्बीले अमेरिकाले इरानसँग युद्ध नखोजेको बताए । उनले सैनिक मृत्यु प्रकरण निन्दनीय रहेको भन्दै अब…