बढ्दै साइबर अपराध, सचेत रहन प्रहरीको अनुरोध

काठमाडौं । नेपालमा पछिल्लो समय कुनैपनि ब्यक्ति साइबर अपराधका शिकार हुने अवस्था आएको भन्दै सचेत रहन नेपाल प्रहरी साइबर ब्युरोले अनुरोध गरेको छ । ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले नयाँ ट्रेन्डका रुपमा महिला र बालबालिकाविरुद्ध डिजिटल हिंसा,समाजिक सन्जालमार्फत डेटिङ पोर्टल एप लगायतको दुरुपयोग र अनलाइनमा बालबालिकामाथि हुने हिंसाका घटना अत्यधिक बढेको जानकारी दिए…