ललितकला प्रतिष्ठानले ‘हिमालयको रहस्य २०८०’ कला प्रदर्शनी गर्ने

काठमाडौँ । जलवायु परिवर्तन, कार्बन उत्सर्जन, औद्योगिकरणलगायतका कारण हिमालय क्षेत्र प्रभावित भइरहेको अवस्थामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले विश्व समुदायलाई सचेत गराउने उद्देश्यले ‘हिमालयको रहस्य २०८०’ कला प्रदर्शनी आयोजना गर्ने भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ओजन तहमा असर पर्दा हिमाली क्षेत्र दूषित भएकाले सो सम्बन्धमा कलामार्फत सचेत गराउन कला प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी…