मर्ज हुन इच्छुक क्याम्पसलाई निवेदन पेश गर्न त्रिविको आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तसम्मको समय दिएको छ । त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै मर्ज हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन भनेको हो । नवीकरण अद्यावधिक भएका त्रिविबाट सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पसहरु पूर्णरुपले समायोजन हुन चाहेमा आफ्नो क्याम्पससभा…