आज नेप्से परिसूचक २१ सय विन्दु पार

पाँच महिनापछि मंगलबार (आज) नेप्से परिसूचक २१ सय विन्दु पार गरेको छ। यसअघि गत साउन १५ गते २१०६.१८ बिन्दु पुगेको थियो। त्यसयता नेप्से पहिलोपटक २१ सय विन्दुमाथि उक्लिएको हो। यसदिन नेप्से ४५.९८ अंकले बढेर २१०६.४८ विन्दुमा बन्द भएको छ। मंगलबारकाे बजारमा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रूपैयाँको सेयर कारोबार भएको छ।…