आइरल्याण्डमा इन्स्टाग्रामलाई ४ सय ५ मिलियन युरो जरिवाना

आइरल्याण्डको प्रविधि नियामक निकायले इन्स्टाग्रामलाई ४ सय ५ मिलियन युरो जरिवाना तोकेको छ। बालबालिकाको गोपनियता उल्लंघन गरेको भन्दै आइरिस नियामक निकायले इन्स्टाग्रामलाई जरिवना तोकेको बीबीसीले जनाएको छ। बालबालिकाको फोन नम्बर तथा इमेल दुरूपयोग भएको विषयमा उजुरी परेको थियो। इन्स्टाग्रामको स्वामित्व मेटाअन्तर्गत छ। मेटाले जरिवानाविरूद्ध अपिल गर्ने बताएको छ। यो सहित इन्स्टाग्रामलाई  आइरल्याण्डको डेटा सुरक्षा आयोग (डिपिसी)ले तेस्रो…