जापानले ४० वर्ष यताकै उच्च महँगीको सामना गर्दै

राष्ट्रिय मुद्रा यन कमजोर बनेपछि आयातमा लागत बढेकाले जापान महँगीको मारमा परेको रोयटर्सले जनाएको छ। आयातमा उच्च लागतका कारण जापानमा इन्धनदेखि खाद्यान्नको भाउ ह्वात्तै बढेको छ। मुख्य उपभोग्य सामग्रीका मूल्य सुचांकको राष्ट्रव्यापी तथ्यांक गत वर्षको भन्दा अक्टोबर महिनामा मात्रै ३.६ प्रतिशतले बढीले छ। बैंक अफ जापानले भने मुद्रास्फिती दरलाई २ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको थियो।…