सुनको तोलाको एक लाख पाँच हजार दुई सय रुपैयाँ

शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल…