सरकारले विद्युत निर्यात गर्ने संयन्त्र बनाउँछ : अर्थमन्त्री महत

काठमाडौँ । उर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । उर्जा सम्मेलनको समापन कार्यक्रममा उनले बुधबार उर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गरे । महतले भने, ‘नब्बेको दशकभन्दा अगाडि एक–दुई मेगावट विद्युत उत्पादन हुन्थ्यो । जब निजी क्षेत्र विद्युत उत्पादनमा संलग्न भयो । त्यसपछि राष्ट्रिय प्रसारणमा विद्युत थपियो ।…