सरकारको खर्च झनै चुलिदो, बजेट घाटा ३ खर्ब नजिक

काठमाडौं । सरकारको चालू आर्थिक वर्षको साढे १० महीनामा आम्दानी र खर्चबीचको असन्तुलन झनै गहिरिदै गएको छ । सरकारको लक्ष्यअनुसार राजस्व प्राप्ति नभएपछि सरकारको आम्दानीभन्दा खर्च चुलिदै गएको छ । अर्थ मन्त्रालयका अनुसार अहिले बजेट घाटा ३ खर्ब रुपैयाँनजिक पुगेको छ । वैशाख १५ गतेसम्ममा सरकारले ७ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ…