विश्व कुष्ठरोग दिवस: नेपालमा झन् बढ्दै कुष्ठरोगी, निवारणमा चुनौती

विश्व कुष्ठरोग दिवस: नेपालमा झन् बढ्दै कुष्ठरोगी, निवारणमा चुनौती


काठमाडौँ । आज ७१औं विश्व कुष्ठरोग दिवस । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ ।

कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरि पनि नेपालका १४ जिल्लामा अझै कुष्ठरोगका बिरामी भेटिएको सरकारको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका अनुसार अझै पनि देशको १४ वटा जिल्ला लगातार हरेक बर्ष कुष्ठरोगका बिरामी थपिँदै गएका छन् ।

झापा, मोरङ,सिराह,धनुषा, महोत्तरी, सल्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, बांके र कैलाली जिल्लाहरु रहेका छन । यी जिल्लामा प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा बढी कृष्ठरोगका बिरामी देखिएको सरकारी तथ्यांकले देखाउँछ ।

यस्तै काठमाडौ,ललितपपुर सहितका देशका ५६ वटा जिल्ला कुष्ठरोगको जोखिममा एल्लो एरियामा रहेका छन । हाल सम्म देशभर जम्मा ७ वटा जिल्ला ९नुवाकोट, खोटाङ,रुकुम पश्चिम,मनाङ,दोलखा,इलाम र ताप्लेजुङ० जिल्लामा मात्रै कुष्ठरोगका शून्य बिरामी रहेका छन ।

नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका सरकारी तथ्यांक छ । बिरामीको बद्दै गएको तथ्यांकले सन् २०३० सम्म नेपालबाट कुष्ठरोग उन्मूलन घोषणा गर्ने सरकारी लक्ष्यनै असफल हुने हो की भन्ने देखिन थालेको छ ।

के हो कुष्ठरोग?
आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग कुष्ठरोग । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुमा कुष्ठरोगको जिवाणु शरिरमा प्रवेश गरेको २ देखी ५ बर्ष पछि मात्रै व्यक्तिमा कुष्ठरोगको लक्षण देखिन सक्छ । खासगरि यस रोगमा स्नायु र छाला प्रभावित हुन्छ ।

शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु कुष्ठरोगका लक्षणहरु हुन । यसबाहेक अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका चिह्नहरू हुन् । अन्त्यमा अपाङ्गता हुन सक्छ ।

सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा यो रोग एकबाट अर्को व्यक्तिमा सर्ने सम्भावना बढी हुन्छ । यस्तै संक्रमणले धेरैनै लक्षण देखिएका र उपचार नगरिएका बिरामीहरुको​फाटेको छालाबाट निस्केको पानीको सम्पर्कमा आउँदा पनि यो रोग सर्ने सम्भावना हुन्छ । खतरनाक कुरा के छ भने यो रोग लगाउने किटाणु माइक्रो ब्याक्टेरियम लेप्री कम तापक्रममा धेरै दिनसम्म पनि बाँच्न सक्छ ।

समयमानै उपचार गरेर कुष्ठरोग पुर्ण निको हुन्छ । नेपालमा भने कुष्ठरोगको पहिचानको लागि परिक्षण र औषधी सरकारले सबै सरकारी स्वास्थ्य संस्थाबाट निस्शुल्क वितरण गर्दै आएको छ ।